logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटार काण्डका मुख्यलाइ अख्तियारले छोड्यो हामी छोड्दैनौ : नेकपा


  • राजनीति
  • आइतबार, माघ २६ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले आफ्नो पार्टीले बालुवाटार जग्गा प्रकरणका मुख्य नाइकेलाइ नछोड्ने चेतावनी दिएको छ ।

नेकपाले सामाजिक दायित्व र जनताको माग बमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाए पनि आफूहरूले कारबाही गर्ने बताएको छ ।

नेकपा प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेकाले यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको जनाएको छ’

नेकपा विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’

प्रवक्ताको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार