logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मच्छिन्द्र क्लव बन्यो लिग च्याम्पियन


  • राजनीति
  • शनिबार, फाल्गुन ३ २०७६

स’हिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधी मच्छिन्द्र क्लवले हात पारेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लवलाइ १-० ले पछि पार्दै श’हीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।

राजधानीको दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो ।

आर्मीका विकास तामाङले गरेको आ’त्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए ।

लिग खेलमा मनाङ मस्र्याङ्दी क्बलले २८ अंक जोड्दै तेस्रो स्थान बनायो । २६ अंकका साथ थ्रीस्टार चौथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जाउलाखेल युथ क्लब छैटौँ स्थानमा रह्यो । शीर्ष ६ टोलीले आगामी वैशाखमा राष्ट्रिय लिग खेल्न पाउनेछन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार