logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दमौली बजारमा ४२९ थान ला’गुऔ’षध सहित भुसाल पक्राउ


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन ४ २०७६

तनहुँ –  व्यास नगरपालिकास्थित दमौली बजारमा ४२९ थान ला’गुऔ’षधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास २ डांगे खोल्सीमा बस्ने ३२ वर्षीय सन्तोष भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेले बताए ।

डीएसपी लामिछानेले सन्तोषको कोठामा राखेको स्पिकरभित्र पत्रिकाले बेरी प्याकेट बनाएको ला’गुऔ’षध लुकाई राखेको अवस्थामा पारेको बताएका छन् ।

कारोबारीको कोठाबाट २ एमएलको तरल पदार्थसहित डाइजेपाम १४३, फेनेरागन १४३ र नुफिन १४३ गरी ४२९ थान ला’गुऔ’षध, २० हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरी ला’गुऔ’षध मुद्दामा थप अनुसन्धान भइरहेको कार्यालयले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार