राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माईला लामा नेकपाका अर्का नेता दिपेश लगाएत ४ जना नेतालाई प्रहरीले पुन गिरफ्तार गरी विभिन्न जिल्ला पुर्याउन लागेको पारिवारिक स्रोतले जनाएको छ ।
माइला लामालाई र राइलाइ संखुवासभा, नवीन र भृकुटीलाई कालिकोट लगिदै गरेको नेकपा स्रोतले जनाएको छ ।
लामा नेकपाका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इ’न्चार्ज हुन भने राइ र नविन पनि केन्द्रिय सदस्य तथा ब्यूरो इन्चार्जको जिम्मेवारीमा थिए । नेतृ धिरेन्द्रा उपाध्या भने काठमाडौ जिल्ला सेक्रेटरी थिइन । राइ बाहेक अन्यलाई प्रहरीले काठमाडौँबाट सुनसरी लगेको छ । उनीहरूलाई काठमाडौँबाट विराटनगर हुदै पुर्याइएको थियो ।
नेकपाका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र धीरेन्द्रा उपाध्याय भृटुकीलाई सुनसरी जिल्ला अदालतले आज साधारण तारेखमा रि’हा गरे लगत्तै उनीहरुलाई पुनः प’क्राउ गरिएको छ ।
न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रि’हा गर्न आदेश दिएको हो । हातहति’यार तथा संगठित अ’पराध मु’द्धामा अदालतले आदेश दिएर रि’हा भए लगत्तै उनीहरु चार जनालाई पुनः प’क्राउ गरी नेता राई र लामालाई संखुवासभा लाने तयारी गरिएको छ भने अर्का नेता नवीन विक र भृकुटीलाई कालिकोट लाने तयारी भएको पारीवारीक स्रोतले जनाएको छ । ब’न्दीकाे तर्फबाट अधिवक्ताद्वय सुमन कार्की र निराजन ओझाले गरेका थिए ।
अदालतको गेटबाट पुनः प’क्राउ पर्नु अघि नेता लामाले ओली सरकारले दुखः दिएकोमा विरोध जनाए । अदालतले आदेश दिदा पनि फेरी प’क्रेर दुखः दिने काम गरेकोमा उनले आ’पत्ति जनाए ।
लामा , विक र उपाध्याय लामो समय काठमाण्डौंमा कारागारमा बसेर उच्च अदालतको आदेशमा रिहा भए लगत्तै धरान पुर्याईएको थियो । उनीहरुसगै राखिएका रमेश कार्की भने आज रिहा भएका छन् ।
तीनै जनालाई पाटन उच्च अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको थियो । उनीहरुविरुद्ध मु’द्दा रहेकोले भाँडा सुनसरी लगिएको थियो ।