logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

एमसिसी टोलीलाइ लेखनाथको गोली : राष्ट्रियता भन्दा माथी पार्टी, सरकार र नेता हुदैनन्


  • राजनीति
  • बिहिबार, फाल्गुन ८ २०७६

चर्चित युवा नेता तथा बिश्लेषक लेखनाथ न्यौपानेले मुकुकको राष्ट्रियता भन्दा माथी कुनै दल र नेता हुन नसक्ने तर्क गरेकाछन । एमसिसीको बारेमा सर्वत्र चर्चा र बिरोध चलिरहेको  बेला न्यौपाने आफ्ना पछिल्ला धारणाको सस्लेषण सार्वजनिक गरेकाहुन । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस अप्लोड गर्दै उनले यस्तो बताएका हुन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य समेत रहेका न्यौपानेले पार्टीको केन्द्रीय कमिटी भन्दा माथी कोहि नेता हुन नसक्ने धारणा व्यक्त गरेकाछ्न । बहु बिवादित एमसिसी बारेमा पार्टी र सरकारको नेतृत्वमा रहेकाले आफुलाइ सर्वेसर्वा नठान्न चेतावनी दिएकाछन । उनलेे यस्तो शैली र अभिव्यक्ति प्रजातान्त्रिक संस्कार नभएको भन्दै यस्तो तरिकाले देश र राष्ट्रको नेतृत्व गर्न नसकिने तिखो तर्क पेस गरेकाछ्न ।

युवा बिद्यार्थीको बिचमा अति लोकप्रिय छवी बनाएका न्यौपानेले आफ्नै पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नै केन्द्रिय समितिले बनाएको कार्यदललाइ समेत तमासा भनेर घमण्ड र रवाफको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गरेकाछ्न । न्यौपाने सत्तारुढ दलभित्र वास्तविकता बोल्न हिम्मत गर्ने नेताहरु मध्य अग्र भागमा पर्छ्न ।

न्यौपानेको स्टाटस जस्ताको तस्तै

#नेकपा #केन्द्रीय समिति #एमसीसी
केन्द्रीय समितिभन्दा माथि म र मेरा पूर्वधारणाहरु हु्न् भन्ने बुझाई पार्टीका ठूला नेताहरु मुख्यतः प्रधानमन्त्री र कतिपय मन्त्रीहरु ( पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले त पार्टी केन्द्रीय समितिको बैंठकले बनाएको एमसीसी अध्ययन कार्यदललाई तमासा समेत भन्न भ्याउनु भएको छ) बाट निरन्तर सार्वजनिक भइरहेको छ । उहाँहरुको भाव र प्रस्तुतिले यस्तो देखिन्छ कि अब कहिल्यै पनि सत्ताको स्वादबाट बाहिरिनु पर्दैन । यस्तो शैली र अभिव्यक्ति न प्रजातान्त्रिक संस्कार हो, न त्यस्तो तरिकाले देश र राष्ट्रको नेतृत्व सही ढंगले हुनसक्छ । त्यसकारण देश र हाम्रो राष्ट्रियता भन्दा माथि न हाम्रा पार्टी र सरकार हुन्छन्, न त पार्टीको केन्द्रीय समितिभन्दा माथि कोही आमूक नेता नै
न्यौपानेको स्टाटस हेर्न यहा क्लिक गर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार