logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजिनामा दिने मुडमा मन्त्री बाँस्कोटा, घुस काण्डले संकटमा


  • राजनीति
  • बिहिबार, फाल्गुन ८ २०७६

नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको सार्वजनिक भएसँगै मन्त्री बास्कोटाले राजिनामाको मुड बनाएको बुझिएको छ ।

सत्तारूढ दल नेकपामा उनी निकट स्रोतले दिएको जानकारी अनुसार यो प्रकरणमा स्पष्टीकरण दिनुभन्दा पनि राजिनामा दिनु नै ठिक भन्ने धेरै नेताहरुको सुझावपछि यस्तो मुड बनाएको चर्चा हुन थालेको छ ।

उक्त स्रोतका अनुसार उनले यस विषयमा प्रधानमन्त्रीसँग थप सल्लाह लिने तयारी गरेका छन् ।

आजै मात्र एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस मागेको सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्ली’ल शब्द पनि अहिले बजार तताएकोछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार