पोखरा – सञ्चार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिए पछी रिक्त रहेको दुई मन्त्रालय मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन ।
यस्तै भौतिक तथा यातायात मन्त्रालय सम्हादै आएका बसन्त नेम्वाङलाई सहरी बिकास मन्त्रालयको जिम्मेवारी दिएका छन ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिदद्या देवी भण्डारीले सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई र सहरी बिकास मन्त्रालयको जिम्मेवारी नेम्वाङलाई दिएकी हुन ।
बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ बाहिरिएपछि बिहीबार राजीनामा दिएका छन् ।