तनहुँ – जिल्ला अदालतले हा’डना’ता सम्बन्धमा भएको ब’ला’त्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको आजको इजलासले छोरीलाई ज’बर्ज’स्ती क’र’णी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।
शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई ज’ब’र्ज’स्ती क’रणी र हा’डना’तामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । अभियुक्तविरुद्ध ज’बर्ज’स्ती क’र’णी उद्योग तथा हा’डना’ता क’र’णीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।