logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खोजिरहेछु बलिदानी, जनयुद्धका पानाहरुमा


  • वेद बोहोरा
  • बुधबार, फाल्गुन १४ २०७६

विगत पाना लाई पल्टाएर
तिनै युद्दभुमी रोल्पा र रुकुम मा
डोल्पा र जाजरकोटमा
यो मस्तिष्क हरुलाइ

अनि मेरो महान जनयुद्ध
मैले आफ्नै ठानेका मेरा
क्रान्तिका महा नायक ज्यु
मलाई सधैं भन्न मन लाग्ने
मेरो गौरबसाली पार्टी

आज कहाँ छौ ?
बेखबर भएर
म बाट हराएर
पुगेयौ कता ?
चुपचाप बास सराएर
गुमनाम भएकाछौ
तेसै तेसै बिलाइ रहेका छौ
कुहिरोमा पसेको काग झैँ

लाग्दैछ
हिजोको न्यानो उच्चतम
बर्गिय मायाँ र बिश्वास का
मजबुत कंक्रेट हरु
आज बरफ झैं चिसिएर
जथाभावी पग्लिदै झर्दैछौ
तप तप पोखिदैछौ

एकाएक
आकार हरु घट्दै छन् क्रमश
हिजोआज
कछुवा को तालमा
मानौं बाघको सानो रुप बिरालो
त्यही आभास हुन्छ
आखिर तिम्रो हविगत यही होत ?
मैले बुझ्न नसकी रहेको कुरा
जतिबेला म तिमीलाई धेरै बुझ्थे

हिज
तिम्रा एक गर्जन मा
देशै थर्किन्थ्यो
तिम्रा हुंकारमा
सिंहदरबार चिरा चिरा हुन्थ्यो
निद हराम हुन्थ्यो उनीहरुको
हतार उद्घोष हुन्थ्यो
तिम्रो सिर छेदन को कायर हरुबाट
ठूलो धनराशि का पुरस्कार सहितको

तेतीनै बेला
तिम्रा ठुला ठुला तस्बिर
प्रतेक झुप्रा का भित्तामा टाँसेर
पुज्न आतुर थियो ती मन हरु
तिमीत मान्छेको मुक्तिको निम्ति
मान्छेको रुपमा आएको भगवान जस्तै

तिम्रा एक उर्दी मा
हजारौं जिबन बलिदानी दिन तयार हुन्थे
ती रक्तिम मान्छे हरु
ती महान योद्धा हरु
ती परिबर्तनकारी हरु
फाल्सा फाल्सा रगतहरु
चटान बनेर दुश्मन माथी
चट्याङ झैं बज्रीदै हुन्थे
रक्तबिज भएर

आज
खोजीरहेको छु
त्यो बलिदानीको इतिहास
त्यो महान जनयुद्धको इतिहास
बिगत
विगत पाना लाई पल्टाएर
तिनै युद्दभुमी रोल्पा र रुकुम मा
डोल्पा र जाजरकोटमा
यो मस्तिष्क हरुले

उभिन्छन सामुन्नेमा
जिउँदा भएर
ती वीर मानव कङ्काल हरु
अनुत्तरित लाखौं प्रश्न खडा गर्दै
उदासी मोडमा
मै तिर फर्किएर

पोख्छन्
त्यहाँ सम्बोधन नगरिएका गुनासा हरु यत्रतत्र
छरपस्ट सम्हाली नसक्नु गरि
सँगै आक्रोश का भयंकर सुनामी पैदा गर्दै
बोल्छन् ती निर्जीव बनाइएका हरु
धर्ती कम्पित हुने गरि
यो सन्देश सहर सम्म लगिदिनु
पेरिस डाँडा सम्म लगिदिनु
बालुवाटार सम्म लगिदिनु
खुमल्टार  सम्म लगिदिनु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार