logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हिउँले सेताम्मे ताङतिङ शिरमा वैशाख १ देखि हुने मादी पर्यटन महोत्सव स्थगित


  • आश तमु
  • बिहिबार, फाल्गुन २२ २०७६

आश तमु पोखरा – कास्की मादी गाउँपालिकाले आगामी २०७७ वैशाख १ देखि १० गतेसम्म गर्ने मादी पर्यटन महोत्सव स्थगित गरेको छ

नोवेल कोरोना भाइरस संक्रमण फैलनबाट घटाउन तथा जोखिम कम गर्न उच्च सतर्कता अपनाउन नेपाल सरकारले आग्रह गरे सँगै मादी गाउपालिका अध्यक्ष बेद ब गुरुङले एक बिज्ञप्ती जारी गर्दै महोत्सव स्थगित भएको जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सुचना जारी गर्दै धेरै भिडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थानमा भेला, मेला, जमघट समारोहजस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ  ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अबलम्बन गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरेको छ । पोखराका ४ अस्पतालमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ६० शैयाको आइसोलेसन बेड समेत तयारी अवस्थामा राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार