logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

२१ बर्षिया फुटबल प्रशिक्षककाे काेराेनाले ज्या’न लियाे


  • राजनीति
  • मंगलबार, चैत्र ४ २०७६

बिश्वब्यापी महामारी काे रुप लिइरहेकाे काेराेना भाइरसका कारण स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस सं’क्रमणका कारण मृ’त्यु भएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेको कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा नि’धन भएको हो ।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्र’मणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार