logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लकडाउनमा लमजुङ घले गाउमा होमस्टे बस्न हिडेकालाई बाटैबाट फर्काइयो

वैशाख १ गते सम्म होमस्टे बन्द गर्न समितिको निर्देशन


  • आश तमु
  • शनिबार, चैत्र १५ २०७६

कोभिड ११ को त्रास र लकडाउनमा बस्न अप्ठेरो भएको भन्दै गाउँ फर्केका मानिस र पाहुनाहरुलाई लमजुङ घले गाउँका स्थानीयहरुले बीछ बाटो वाटै फिर्ता पठाइदिएका छन।यो समाचार कान्तिपुर लमजुङका सवाददाता आश गुरुङले लेखेका छन।

लमजुङ क्व्होला सोथर गाउँपालिका ३मा पर्ने स्मार्ट भिलेजले परिचित घले गाउँमा बस्न भनी बजारबाट जीप र मोटरसाइकलबाट आएका मानिसहरुलाई स्थानीयहरुले बीच बाटो बाटै फिर्ता पठाएका हुन।

स्मार्ट भिलेज घलेगाउँका स्थानीयले होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ

गाउँमा आएका पर्यटकलाई फर्काउन अटेर गरी होमस्टेमा राखेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना पर्यटन व्यवस्थापन समितिले तोकेको हो ।

उनीहरुलाई फिर्ता पठाएर गाउँका होमस्टेमा वैशाख १ गतेसम्म कोही पर्यटक नराख्न उर्दी गरिएको र २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार