राजनीति
सत्तारूढ दल नेकपाका नेता तथा युवाहरुका विच लाेकप्रिय छवि बनाएका पुर्व विद्यार्थी नेता लेखनाथ न्याैपानेलेे वर्तमान संकटमा सरकारकाे भुमिकाप्रति तिखाे ब्याङग्यात्मक टिप्पणी गर्दै राज्य पुजिपति बर्गकाे भएकाेले जनताले राहत नपाउने कुरा उल्लेख गरेका छन् ।
नेता न्याैपानेले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै याे पुजीवादी व्यवस्था भएकाे र याे व्यवस्था मा गरिब मजदुर किसान र आर्थिक अवस्था कमजाेर भएका जनताकाे पक्षमा काम गर्ने याे व्यवस्था काे धर्म हाेइन भनि टिप्पणी गरेका छन्
हेर्नुस् स्टाटस
Good Morning
तितो यथार्थ बोल्नै पर्ने भयो
#यो पूँजीवादी व्यवस्था हो
#यो व्यवस्थाले गरिब मजदुर, किसान र आर्थिक अवस्था कमजोर भएका जनताको पक्षमा काम गर्ने यसको धर्म नै होइन
चामलको पोको बोकेर घर जादै गर्दा प्रहरीको निर्घात लाठी खाने सप्तरीका दुई युवा, धार्चुलामा (भारत) मा वन्दी बनाइएका दुई सयभन्दा बढी मजदुरहरू र महाकालीमा फाल हाल्ने त्यो युवा अनि गड्डा चौकी नाकामा जम्मा भएर हामी नेपालीलाई नेपाल पस्न दे भनेर नारा लगाउने सयौ नेपालीहरू सबै गरिब हुन्
#यस्ता तमाम जनतालाई पूँजीवादी व्यवस्था र यसका संचालकहरूले लुटपाट बाहेक अरू केही गर्दैन
जुनसुकै पार्टीको नाममा लुके पनि
#देश जस्तोसुकै संकटमा परेपनि संकटमा पनि लुटपाट मच्चाउनु पूँजीवादीहरुको खास धर्म हो
#भ्रष्टाचार ठालु र सत्तासिनहरूले गर्छन्।
#भ्रष्टाचार पूँजीवादको कर्म हो
#भ्रष्टाचार तल्लो तहका जनतामाथिको लुटपाट हो।