logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

आफ्नाे जमिनबारे साेध्ने हैसियत छ सरकार : लेखनाथ न्यौपाने


  • राजनीति
  • शनिबार, बैशाख २७ २०७७

सत्तारूढ दल नेकपाका केन्द्रीय सदस्य तथा लाेकप्रिय युवा नेता लेखनाथ न्याैपानेले राष्ट्रियताप्रति ओली सरकारकाे रवैयाप्रति आक्राेस ब्यक्त गरेका छन् ।

नेता न्याैपानेले भुल्के राष्ट्रियता र ओली सरकार शिर्षकमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रियतामाथी भएकाे हमलाबारे भारतसंग स्पष्टीकरण साेध्ने सरकारकाे हैसियत बारे प्रश्न गरेका छन् ।
भारतले हिजाेबाट लिम्पियाधुरादेखि लिपुलेख हुँदै मानसरोवर बाट चिन जाेड्ने बाटो बनाउन ८० किलोमिटरकाे सडक निमार्णमा ३८५ वर्गकिलाेमिटर नेपाली भुमिमा सडक बिस्तारकाे नाममा नेपाली भुमि हडपेकाेप्रति बेखबर सरकारलाई भारत र चिन संग यसबारे साेध्नै हैसियत राख्न अपिल गरेका छन् ।

हेर्नुस् स्टाटस

भुल्के राष्ट्रियतको आन्दोलन र राष्ट्रवादी सरकार ?!
#सुगौली सन्धीले नेपाल—भारत पश्चिम सिमाना काली नदी भनेको छ । कालीको मुहान लिम्पियाधुरा भन्ने तथ्य पनि प्रमाणित छ तर भारतले लिम्पियाधुरादेखि पूर्व लिपुलेकसम्मको ३८५ वर्ग किलोमिटर नेपाली भूमि वषौदेखि हडपेको छ र हडप्ने प्रक्रिया जारी राखेको छ । जसको पछिल्लो कडी नेपाली भूमि हुँदै मानसरोबरसम्म जाने ८० किमि लामो सडक निर्माण हो ।
#हाम्रो देशको दुईटा त्रिदेशीय विन्दु भारतकै कारणले बन्न सकेको छैन । पूर्वउत्तरमा विवाद नभए पनि भारतको अनुपस्थितिमा बन्न नसकेको हो भने पश्चिमउत्तरको त्रिदेशीय विन्दु (५५३२ मि अग्लो विन्दु) कहाँ भन्ने विवादका कारण बन्न नसकेको हो । त्यसकारण पश्चिमउत्तरको सिमाना लिपुको १ नम्बर पिलरबाट शुरु गर्न नेपाल बाध्य भयो ।
#नेपालको भूमि हुँदै भारतले ८० किलोमिटर लामो सडक बनायो र उद्घाटन समेत गर्यो । त्यसपछि मात्र हामी जागेको जस्तो देखिदैछौं । याबीचमा हामी बेखवर जस्तै भयौ किन ? सरकारले के हेरर बसेको थियो ? भारतले गरेको अतिक्रमणको बारे जानकारी भएर पनि नबोलेको हो कि थाहा नै नभएको हो, हाम्रो राष्ट्रवादी सरकारलाई ?
#यसबारे सरकारले जनतालाई जानकारी गराउने, भारतीय पक्षलाई बोलाएर स्पष्टिकरण सोध्ने र यसबारे चीनलाई पनि सोध्ने हैषियत राख्न सक्छ ? यो हैषियत राख्दा मात्र यो सरकार वाम र राष्ट्रवादी हुनसक्छ अन्यथा उही पुरानै हेपिने र गुमाउने चक्र दोहोरिने छ । नेपाल ठगिने, हाम्रो स्वतन्त्रता र सार्वभौमितामाथि अतिक्रमण भइरहने अनि राष्ट्रियताको आन्दोलन भुल्का जस्तै एकदुई दिन उठ्ने, त्यसपछि फेरि अन्तै बरालिने !
#हाम्रो भूमि—फिर्ता गर ! भारतीय विस्तारवाद—मुर्दावाद !!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार