राजनीति
गोरखा – गोरखामा बुधवार थप चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भिमसेन गाउँपालिकामा एक महिला र तीन पुरुषमा राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणको क्रममा संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख विद्या तामाङका अनुसार कोरोना संक्रमित पुरुष भारतबाट दुइजना जेठ १४ गते र एक जना जेठ १० गते गाउँ आएका थिए ।
सैगरी संक्रमित महिला यही जेठ ८ गते भरतपुर अस्पतालबाट आएकी महिला जनशक्ति आधारभूत विद्यालयको क्वारेन्टिनमा थिइन् ।संक्रमितहरु भीमसेनथापा गाउँपालिका १, ५ र ६ का हुन् ।
उनीहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउनका लागि छलफल भइरहेको तामाङले बताइन् ।