राजनीति
आधारभुत मुल्य मान्यताको बोध सहित कलमबाट तथ्य पश्किने एक जिम्मेवार पेशा हो पत्रकारिता । सोबिज ट्रेड एन्ड कम्पनीबाट प्रकाशित भैइरहेको राजनिती अनलाइनले पत्रकारिताको मुल मर्मको हुवहु पालना गर्ने कोशिश गरिरहेको छ ।हामी दावाका साथ भन्न सक्छौ कि पत्रकारिताको आधारभुत आचारसहिता भन्दा बाहिर गएर हामीलेकुनै कर्म गरेका छैनौ । यसै सन्दर्भमा हाम्रा अनलाइनका सम्पादक लोकेश विश्वकर्मालाई जेठ २९ गते रुकुममा भएकाे मानव नंरसंहार बिरुद्ध
विप्लव निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले गरेको कविता मार्फत शान्तिपूर्ण विरोध कार्यक्रममा सम्पादक बिश्वकर्मा रिपोर्टिंगमा गएको बेला प्रहरीले गिरफ्तार गरेको छ । विश्वकर्मा बिगत देखी नै अनलाइनको स्थापना काल देखि क्रियाशिल रहेको छ ।
बिगतमा उनको प्रिष्ठ भुमी के थियो भन्ने कुराले आजको उनको कर्मलाई विथोल्ने हर्कत कहिकतैबाट पनि पुष्टी हुन सक्दैन ।यस्ता खाले विषयले सविधान पदत अधिकारको रक्षा गर्न सक्दैन ।मुलुकको कानुन अन्तगर्त रहेर सञ्चालन गरेका सञ्चार माध्यम माथी निगरानी र नियमन गर्ने निकाय छ ।यो सुचनाबाट राज्यको अङ्ग बेखबर रहनु हुदैन ।
कुनै काल खण्डमा आस्था राखेको आधारमा पत्रकारलाई गिरफ्तार गरिनु स्वत्रन्त्र पत्रकारिता माथीको हस्तक्षेप हो । हामी पत्रकारिताको मुलमर्मबाट कहि कतै पनि बिचलित छैनौ ।त्यसैले हाम्रो अनलाइनका सम्पादक लोकेश विश्वकर्मालाई विना सर्त रिहाइको जोडदार माग गर्दछौ।
प्रेश बिज्ञप्ती