राजनीति
स्याङ्जा – स्याङ्जाको गल्याङमा रहेको क्वारेन्टिन सरसफाई गर्ने कार्यमा खटिएका श्रीमान–श्रीमतीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले संक्रमित भएका दुईजना गल्याङ क्वारेन्टाइनमा सरसफाई गर्नेहरु रहेको बताए । “उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टिनमा राख्ने र पीसीआर टेष्ट गराउने तयारी हुँदै छ ” उनले भने ।
संक्रमितहरु ४५ वर्षीय महिला र ६६ वर्षीय पुरुष हुन । अहिलेसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या १९२ पुगेको छ ।