राजनीति
पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि मतदान गर्ने संस्थागत निर्णय गर्न आज शनिवार बैठक बोलाएको छ ।
सविधानको अनुसुची ३ मा रहेको निशान छापमा भारतीय अतिक्रमणमा परेको नेपाली भुमी लिम्पियाशुरा काला पानी र लिपु लेक समेटिएको राख्न ल्याइएको विधयक माथी आज प्रतिनिधि सभामा हुने मतदानमा गर्न संस्थागत निर्णय लिन बैठक बोलाइएको हो ।
दिनको १२ :३० बजे दिनको १२ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठकमा संस्थागत निर्णय लिन बैठक बोलाइएको काँगेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।खाँडले संशोधनको पक्षमा मतदान गर्न आफ्ना संसदहरुलाई ह्वीप लगाइने पनि बताए ।
शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकको सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ ।