राजनीति
पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ।भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका छन ।
पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई संक्रमण भएको जानकारी उनका छोरा कासिम गिलानीले ट्वीटमार्फत दिएका हुन्।
पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवारीसमेत सम्हालेका आफ्ना पितालाई जेलमा संक्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए।
पाकिस्तानमा संक्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६६७ पुगेको छ भने दुई हजार ५७४ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ।
पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।