logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राति स्याङ्जा गल्याङमा पहिरोले पु’रिएर एकको मृ’त्यु


  • रासस
  • सोमबार, असार १५ २०७७

file pic

गल्याङ -गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पु’रिएर एक पुरुषको मृ’त्यु भएको छ ।

गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भ’त्किएपछि पु’रिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृ’त्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको हो ।

श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पु’रिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृ’त्यु भएको हो भने उनकी श्रीमतीको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सकुसल रहेको छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पु-याउन नसकिएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार