logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गुल्मीमा गएको पहिरोमा परी १८ महिनाका बालकको मृत्यु ,२ बेपत्ता


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार १९ २०७७

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकामा गएको पहिरोमा परी एकजना १८ महिनाका बालकको मृत्यु भएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने च्यापिएका ४ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका १ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन सारुको पहिरोले च्यापेर मृत अवस्थामा फेला परेको हो ।

उनकी श्रीमती सिर्जना सारु पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छिन् । उनी अचेत रहेको खत्रीले बताए । पहिरोमा पुरिएर स्थानीय जंगबहादुर खत्रीकी ७ वर्षकी छोरी अपेक्षा खत्री बेपत्ता भएकी छिन् ।
पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । उनकी श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

पहिरोमा परेका खत्रीकी हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार