राजनीति
समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ । आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको छ ।