logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

नेकपा स्थायी कमिटी बैठकले आज के गर्ला ?


  • राजनीति
  • बुधबार, असार २४ २०७७

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आज भने स्थगित नहुने भएको छ । लगातार बैठक स्थगन भएपछि आजका लागि सारिएको बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक लगातार स्थगित हुँदै आएको थियो । बैठकले यसबारे टुंगो लगाउने भनिएको छ ।

बैठक अगावै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर कुनै सहमति निकाल्ने सम्भावना पनि रहेको छ । हिजो दुई नेताबीचको बैठकमा केही आशालाग्दा कुराकानी भएका छन् ।

ओली राजीनामा दिन तयार छैनन् । बरु उनले मिलेर जाने अन्य विकल्प दिएका छन् । तर, उनको विरोधी पक्ष राजीनामाको एजेन्डामा केन्द्रित छ । यसरी भोलिको बैठकमा कुनै सहमति गरेर जाने सम्भावना पनि देखिएको छ । तर, दुर्घ’टनाको ख’तरा अझै टरेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार