logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पहिरो परी आमा र ६ वर्षीय छोराको ज्यान गयो


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार २६ २०७७

रुकुम पश्चिम – विहिवार राती देखी परेको अविरल वर्षाका कारण पहिरो जादाँ आमा छोराको ज्यान गएको छ ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र उहाँका ६ वर्षीय छोरा हाविल परियारको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसीले ८ वर्षीया छोरी हिरा परियारलाई भने नेपाल प्रहरी र स्थानीयबासिन्दाले सकुशल उद्धार गरेको जानकारी दिए ।

चार जना सदस्य रहेको परिवारका तुलबहादुर दमाई काम विशेषले घर बाहिरै रहेकोले सकुशल रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार