logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आन्तरिक र बाहृय उडान खुल्दै अन्य ब्यवसाय बारे यस्तो निर्णय


  • राजनीति
  • सोमबार, साउन ५ २०७७

भदौ १ गतेबाट आन्तरिक तथा बाहृय उडान सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा पाँच महिनादेखि बन्द रहेको हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताए ।  त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउनेछ ।

स्रोतका अनुसार हवाई उडान सुरु गर्नुअघि होटल व्यवसाय पनि सञ्चालन गर्न दिने सरकारको तयारी छ । एक मन्त्रीले भनेका छन्, ‘साउन १५ गतेबाट होटलहरु पनि खुला गर्ने कुराकानी भएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार