राजनीति
आश तमु पोखरा – पोखरा महानगरपालिका १३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन । पोखरा महानगरपालिका-१२ ढिकालेथर बस्ने वर्ष ८० का तेज बहादुर गुरुङ पोखरा महानगरपालिका १३ दुईकुलाको मुहान स्थितमा मृत अवस्थामा फेला परेका हुन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकएे अनुसार मृतक गुउङ आज शुकवार बिहन अन्दाजी ०७:३० बजेको समयमा घरमा कोही कसैलाई नसोधी निस्की हिडेकोले र निजको आफन्तले खोजतलास गर्दै जाने क्रममा अंन्दाजी २०० मिटर उत्तर तर्फ रहेको सेती नदिको नहर छेउमा निजको टोपी चस्मा चप्पल र फोटो फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा दुईकुलाको मुहान स्थितमा मृत अवस्थामा फेला परेको जानकरी दिएका छन ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।