logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

सांसदको सामाजिक दुरी, चिउडोमा माक्स


  • राजनीति
  • शनिबार, साउन १० २०७७

हिजो शुक्रबार संघीय संसद अन्र्तगत रहेका ३ वटा उपसमितिको बैठक थियो । संसद सचिवालय सिंहदरबारमा राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठक थियो जसमा योगमाया आर्यूवेद विश्वविद्यालय सम्बन्धी विधेयममाथि छलफल थियो ।

समितिको सानो हल छलफलमा सहभागी सांसद र कर्मचारीले भरिभराउ थियो । कोरोना भाइरसको संक्रमणको जोखिम रोकिएको नभएपनि बैठक कक्षमा एक अर्काबीच दूरी कायम गरिएको थिएन् । सांसदहरु जोखिमका बिच बैठकमा सहभागी थिए । मास्क भएका केही सांसदको चिउँडोमा मास्क थियो । राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसद कोमल वली, दिलकुमारी रावल, बिमला राई पौड्याल लगायतले चिउँडोमा मास्क लगाएका थिए ।

यता प्रतिनिधि सभा अन्र्तगतका राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक विकास समितिको बैठक थियो । यी तीन वटै समिति बैठकका केही साझा विशेषता थिए । बैठकमा सहभागी आधाभन्दा धेरै सांसदले मास्क लगाएका थिएनन् । मास्क लगाएहरुमध्ये पनि अधिकांशको चिउडोमा मास्क देखिन्थ्यो । साथै पर्याप्त मात्रामा सामाजिक दुरी कायम गरिएको थिएन् । संसदीय समितिमा चलेको छलफल हेर्दा लाग्थ्यो कोरोना संक्रमण पूर्णरुपमा रोकिएको छ ।

तर सरकारले भने लकडाउन खोलेपनि कोरोनाको जोखिम भने उच्च रहेको र सुरक्षा सावधानी अपनाउन भनिरहेको छ । यता राज्यव्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक समितिको बैठकमा सहभागी आधा भन्दा धेरैले मास्क लगाएका थिएनन् भने केही सांसदहरुको चिउडोमा मास्क थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार