logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा लोडरको बकेटले लागेर ट्याक्टर चालकको मृत्यु


  • राजनीति
  • बुधबार, साउन २१ २०७७

पोखरा – पोखरामा लोडरको बकेटले लागेर ट्याक्टर चालकको मृत्यु भएको छ ।

लोडरको बकेटले लागेर पोखरा महानगरपालिका वडा नं -२९ सैनिक घाटमा पानीमा डुबेको ट्याक्टरलाई बाहिर निकाल्ने क्रममा ट्याक्टर चालक गोरखा जिल्ला घर भइ हाल पोखरा -२७ अर्घौंचोक बस्ने बर्ष ३५ का दिपेन्द्र गुरुङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

ग १ त ६२०९ नम्वरको ट्याक्टर वालुवा निकाल्ने क्रममा गहिरो पानीमा फस्न पुगेको र नजिकै रहेको क्रसर उद्योगको ग १ क ३८९४ नम्वरको लोडरले बाहिर निकाल्ने क्रममा बकेटले लागेर गम्भिर घाइते भएका गुरुङलाई उपचारका लागि चरक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको रेग्मीले जानकारी दिए ।

हाल प्रहरीले ट्याक्टर, लोडर र लोडरका चालकलाई नियन्त्रमा लिइ घटनाका बिषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार