logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बाबुराम भट्टराई बरियताको चौथो नम्बरमा


  • राजनीति
  • शनिबार, साउन २४ २०७७

पुर्वप्रधानमन्त्री तथा तत्कालिन नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई नयाँ बनेको जनता समाजवादी पार्टीको चौथो बरियतामै परेका छन्।

केही दिनदेखि काठमाडौमा जारी केन्द्रीय समितिको बैठकमा उनको बरियताको विषयमा कुरा उठेपनि निर्णय हुन भने सकिरहेको छैन ।पार्टीका नेता मनिष सुमनले बैठकमा बरियताका विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासंगको अन्र्तवार्तामा उनले पुर्वप्रधानमन्त्री भट्टराई आफ्नो पार्टीको शिर्ष नेता भएकाले बरियताको विषयमा समस्याको रुपमा नरहेको जिकिर गरे । नेता सुमनले पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई पछि डा बाबुराम भट्टराईको बरियता तय गरिएको बताएका छन् ।

यसअघि पार्टी दर्ता गर्नेक्रममै उहाँलाई चौथो बरियतामा राखेर दर्ता गरिएको थियो । “पार्टीको बैठकमा धेरै विषयमा छलफल भएका छन्, तर विवाद नै भएको भने होईन, नेताहरुले हामीलार्य प्रशिक्षीत गर्नुभएको छ, उनले भने ।

बैकठमा बोल्ने क्रममा नसकिएकाले बैठक आजै सकिने वा भोलीसम्म लम्बिने भन्ने एकिन भइनसकेको पनि उनको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार