logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

सहिद पुत्र प्रकाश हस्पिटलबाट गिरफ्तार


  • राजनीति
  • आइतबार, साउन २५ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रा’न्तिकारीका पृथ्वीनारायण क्याम्पसमा नेता तथा स’हिद पुत्र प्रकाश बास्तोलालाई पोखराबाट गि’रफ्तार भएका छन ।

उनि सगै तिर्थ बुढाथोकी पनि गि’रफ्तार भएको पारिवारिक स्रोतले जनाएको छ । सहिद पुत्र प्रकाश उपचार गर्न गर्न जाँदा कास्की प्रहरीले गिर’फ्तार गरेको पारिवारले जनाएको छ ।

अखिल (क्रा’न्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जनालाई प्रहरीले आज दिउँसो पोखराबाट प’क्राउ गरेको छ।

पार्टीको जिल्ला कमिटि सदस्य समेत रहेका बास्तोला र तीर्थ बुढाथोकी नाम गरेका अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको समाचारश्रोतले जानकारी दिएको छ।

उनीहरुलाई पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ्ग होमबाट पक्राउ गरिएको बताइएको छ।

यसैबीच, बिद्रोही ने.क.पा. समर्थित जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम कास्की जिल्ला अध्यक्ष रमाकान्त बास्तोला ‘रमेश’ले आज दिउसो नै आफ्नो फेसबुक स्टाटसमार्फत ‘विद्यार्थीका केन्द्रीय सदस्य एबम जनयुद्धकालीन शही’द विजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोलालाई उपचारका क्रममा अस्पताल गएको बेला प्रहरीले गिरफ्तार गरेको ‘ जानकारी दिएका छन्।

गतवर्ष जेठ २५ गते कास्कीको घान्द्रुकमा आयोजित बिद्यार्थीहरुको संयुक्त भेलाबाट २० जना नेता तथा कार्यकर्ताहरु गिर’फ्तार हुँदा बास्तोला पनि गि’रफ्तार भएका थिए। उनलाई पछी उच्च अदालत पोखराले निर्दो’ष भन्दै रिहा गर्न आदेश दिएपछि प्रहरीले बाध्य भएर रिहा गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार