राजनीति
सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवा’द समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।
आज (शुक्रबार) विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
दाहालनिकट एक नेताले दिएको जानकारीअनुसार नवगठित कार्यदलमा ओलीको तर्फबाट महासचिव पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल छन् ।
दाहालको तर्फबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । र, बरिष्ठ नेता माधव कुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्यहरु डा. भीम रावल र सुरेन्द्र पाण्डे छन् ।
उक्त कार्यदलमा नेकपाभित्र शक्ति सं’घर्षमा फ्रन्टलाइनमा रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ । कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने प्रचण्डपक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् ।
कार्यदलले आगामी चार दिनभित्र प्रस्ताव पेश गर्ने एक सदस्यले जानकारी दिए । उनका अनुसार समयसीमा नतोकिएपनि जतिसक्दो सहमतिको प्रतिवेदन तयार गर्न कार्यदल केन्द्रीत हुनेछ ।
नेकपामा पार्टी विधानवि’परित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को वि’रोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।
कार्यदलले पार्टीभित्र उठेका विभिन्न विषयको एकीकृत सुझावसहितको प्रतिवेदन बुझाउने छ । जसमा विचारदेखि महाधिवेशन लगायतका विषय समेटिने छन् । नेकपामा जनताको बहुदलीय जनवाद की जनताको जनवाद मान्ने भन्ने वि’वाद छ । त्यस्तै महाधिवेशन मंसिरमा कि चैतमा भन्ने पनि वि’वाद छ । त्यस्तै सहमतिबाट आगामी महाधिवेसनमा नेतृत्व चयन, अहिलेसम्म सरकार तथा पार्टीबाट भएको ग’ल्ती कम’जोरी सच्चाउने, आ’त्मालोचना गर्ने, आगामी दिनमा पार्टी निर्णयबमोजिम राजनीतिक नियुक्ति गर्ने, हालका केही मन्त्री मुख्यमन्त्रीहरु फेरवदल गर्ने लगायतका विषयमा नेकपामा छलफलको विषय बनेको छ ।
त्यस्तै आगामी पुरै कार्यकाल ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको पुरै नेतृत्व गर्ने भन्ने लगभग सहमति भैसकेको छ ।