logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डोनाल्ड ट्रम्पका भाइको निधन


  • राजनीति
  • आइतबार, साउन ३२ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७१ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो।

आफ्ना भाईको निधन भएको जानकारी गराउँदै भनेका छन्, ‘‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए। हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं। उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ। रोबर्ट, म तिमीलाई माया गर्छु। तिम्रो आत्माले शान्ति पाओस्।’

रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो। केही समय उपचार गरेपछि उनलाई निको भएको थियो।

राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पतालमा गएर रोबर्टलाई भेटेका थिए। ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको ४३ वर्षको उमेरमा सन् १९८१ मा मृ’त्यु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार