logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वैठकमा वामदेवको बिरोध : दुई अध्यक्षको राजीनामा….!


  • राजनीति
  • मंगलबार, भाद्र २ २०७७

सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ‘सहमति’ भएपछि सचिवालय बैठक सोमबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका छन् ।

एक सदस्यका अनुसार बैठक सुरु हुनासाथ अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक चलाउन आग्रह गरे । उनले त्यसबाहेक थप केही बोलेनन् ।

प्रचण्डले पार्टीमा देखिएको संकट समाधानका लागि अध्यक्षहरुलाई सहयोग गर्न कार्यदल बनाएको र त्यसका आधारमा आफूहरुले प्रस्ताव ल्याउन सक्ने बताए । तर कार्यदलका सदस्यहरुले पनि पार्टी कमिटीबाट जिम्मेवारी दिए सहज हुने बताएको र अरु नेताहरुले पनि त्यही सुझाव दिएकाले बैठक बोलाएको बताए ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदलको विरोध गरे । उनले कार्यदल सचिवालयभन्दा पनि माथि हो ? सचिवालयले निकास दिन नसकेर स्थायी कमिटीका सदस्यहरुको कार्यदल बनाएको हो ? अध्यक्षद्वयले राजीनामा दिने हो ? भनी प्रश्न गरेका थिए ।

उनले कार्यदल गठन गर्न आवश्यक नै नभएको तर्क गरेको एक नेताले जानकारी दिए ।

बैठकले कार्यदल गठन गर्ने अध्यक्षद्वयको निर्णयलाई अनुमोदन गरेको छ । ओली र प्रचण्डले पार्टीको विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदललाई कुनै समयसीमा तोकिएको छैन ।

तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति भएको र प्रधानमन्त्री ओलीको संकट तत्कालका लागि टरेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार