logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

नेकपाका नेता बिरही हस्पिटलबाटै गिरफ्तार


  • राजनीति
  • शनिबार, भाद्र २० २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको छ । उनि हस्पिटलमा उपचाररत रहेको अवस्थामै गिरफ्तार पुन: गिरफ्तारीमा परेकाहुन ।

विरहीलाई प्रहरीले चितवनको भरतपुर अस्पतालबाटै गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मार्क्सवादी लेखक एवम् साहित्यकार अनिल शर्मा ‘विरही’ लाई प्रहरीले अस्पतालबाटै पुनः गिरफ्तार गरेको हो । लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका शर्मालाई आज प्रहरीले अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै गिरफ्तार गरेको हो ।

शर्माविरुद्ध धनुषामा अर्को मुद्दा रहेको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ । स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पतालमा उपचार गराइरहेकै बेला प्रहरीले शर्मालाई वैशाख २३ गते गिरफ्तार गरेको थियो । शर्माका पक्षबाट जिल्ला अदालत चितवनमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको भए पनि प्रहरीले उनलाई अस्पतालमा घेरा हालिरहेको थियो । बिरामी अवस्थामा अस्पतालमै प्रहरीले घेरा दिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

मानवअधिकारकर्मी, पत्रकार, कानुनव्यवसायी, लेखक, साहित्यकार सबैले शर्मालाई बिनासर्त रिहा गर्न र उपचाररत अवस्थामा प्रहरी लगाई घेरा नहाल्न यसअघि नै अनुरोध गर्दै आएका थिए । शर्माको पुनः गिरफ्तारीको चौतर्फी आलोचना भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार