logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अर्थ, गृह र परराष्ट्रमा गौतम श्रेष्ठ र रावल !


  • राजनीति
  • आइतबार, भाद्र २१ २०७७

सत्तारुढ दल नेकपाको हिजो मात्र बसेको सचिवालय बैठकको परिणाम स्वरुप भर्खरै मात्र अर्थमन्त्री डा युवराज खतिवडाले राजिनामा दिएकाछन । उनि प्रधानमन्त्री ओलीका प्रीय र बिश्वासपात्र मानिन्छन् । उनको बहिर्गमनले ओलीलाइ परेको संकटको सहज अनुमान गर्न सकिन्छ ।

यसै बिचमा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय पार्टीभित्र रङ्गको एक्का सावित भएका छन् । उनले जसलाई साथ दियो उही शक्तिशाली हुने अवस्था छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गौतमले साथ नदिंदा सत्ता संकट बढेको थियो । तर, तिनै बामदेवको साथले उनको सत्ता जोगियो ।

अहिले बामदेव राष्ट्रियसभामा जाने विषय लगभग निश्चित भइसकेको छ । उनैले विगतको पार्टी निर्णय भन्दै यसलाई कार्यान्वयन गर्न माग गरेका थिए । तर, बामदेव राष्ट्रियसभा सदस्य बन्नका लागि मात्र सरकारमा जान लागेको होइनन् भन्ने निश्चित भइसकेको छ ।

यतिबेला उनी अर्थमन्त्रीको दाबेदार रहेको चर्चा चलेको छ । दुईपटक गृहमन्त्री भइसकेका उनी किन अर्थ मन्त्री बन्न चाहे ? यो प्रश्न तेर्सिएको छ ।

यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा पछि गौतमको मार्ग प्रसस्त भएको छ । यसकारण मात्र बामदेवको ध्यान अर्थमा गएको होइन ।

खतिवडा नेकपाभित्र निकै आ’लोचित छन् । उनी प्रधानमन्त्री ओलीका प्रीय भएपनि ओलीनिकटस्थले नै मनपराउँदैनन् । राजनीतिक पृष्ठभुमिबाट नआएकाले उनको कार्यशैलीले नेकपालाई भविष्यमा नकारात्मक असर पर्ने विश्लेषण भइरहेको छ । लोकप्रीय काम उनको पालामा खासै हुन सकेन । बरु कतिपय कारणले उनी आलोचित भए । प्रतिनिधिसभा चुनाव हारेका बामदेव राष्ट्रियसभामा जान खोज्दा आलोचित नहुनुमा उनले अर्थमन्त्री दाबी देखाउनु पनि कारण हो । नेकपाभित्र अर्थमन्त्रीको बर्हिगमनको पक्षधर धेरै छन् । जुन भावना बुझेर बामदेवले कार्ड फालेका छन् ।

अर्थमन्त्री भएमा कतिपय लोकप्रीय काम गरेर पार्टी पंक्तिभित्र र बाहिर समेत मन जित्न सकिने बामदेवको विश्वास रहेको बुझिएको छ । उनले यसलाई आफ्नो राजनीति अझ मजबुत बनाउने अवसरका रुपमा लिन खोजेका छन् । तर, नेकपाभित्र उनलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने बाटो सहज छैन । चुनाव हारेको भएकाले कानुनी अड्चन पनि हुनसक्छ । अर्कोतर्फ, प्रधानमन्त्री ओली समेत उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइहाल्ने पक्षमा सकारात्मक देखिइसकेका छैनन् ।

हिजो सम्पन्न सत्तारूढ दल नेकपाको सचिवालय बैठक पछि नया मन्त्री मन्डलको चर्चा र बहस सुरुभएको छ । एक स्रोतले राजनीतिलाइ दिएको जानकारी अनुसार अर्थमन्त्री वामदेव गौतम , गृहमन्त्रीमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र परराष्ट्रमा भिम रावल फिक्सड जस्तै भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार