logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फि नबुझाएका अभिभावकको प्रीन्सिपलले खुट्टा भाँचिदिए


  • राजनीति
  • शुक्रबार, भाद्र २६ २०७७

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुट’पिट गर्ने क्रममा लडे’र उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर फ्याक्चर भएको छ ।

आ’रोपित प्रिन्सिपल काङ्ग्रेसका पुराना कार्यकर्ता हुन् । भदौ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपनि प्रहरीले कुँवरलाई अझैसम्म प’क्राउ गर्न सकेको छैन । राजनीतिक शक्तिको आडमा प्रहरी प्रशासन पनि प्रभावित भएर प्रिन्सिपललाई प’क्राउ नगरिएको पी’डित परिवारको आ’रोप छ ।

घरको आर्थिक अवस्था कमजोर रहेका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा दुई लाख २० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । तर उक्त खर्च तिर्न नसक्दा अस्पतालले भदौ १९ गते नै डिस्चार्ज दिएपनि आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र छन् ।

प्याब्सन नवलपुरले प्रिन्सिपल कुँवरमाथि झुट्टा मु’द्दा लगाइएको र घट’नालाई आपसी समझदारीमा मिलाउन सकिने अवस्था हुँदाहुँदै मिडियाबाजी गरिएको दाबी गरेको छ । प्याब्सन नवलपुरका सचिव भीमलाल कँडेलले जारी गरेको विज्ञप्तिमा विद्यालयका लेखापालको मोटरसाइकलमा चढ्ने क्रममा सडकबाट घरको आँगन जाने सिँढीमा चिप्लिएर ल’ड्दा खुट्टा फ्याक्चर हुन भएको दाबी गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार