logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

रोल्पाली युवाहरुको क्रान्तिमोह विप्लवमा गोलबन्द हुदै


  • राजनीति
  • शनिबार, भाद्र २७ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्द मानवले जनताको सत्ता स्थापना गर्नको लागी युवाहरुले अन्तिमपटक साहस गर्नुपर्ने धारणा राखेका छन । उनले मुलुक दलालहरुको कारणले मुलुक महासन्कटमा परेको भन्दै देशलाइ दलाल मुक्त बनाउ युवाहरुले संगठित प्रहार गर्नु पर्ने बेला आएकोमा जोड दिएकाछन । उक्त कुरा नेकपा रोल्पाको संगठन बिस्तार र सुदृढीकरण अभियानमा बोल्दै बताएकाहुन ।

संगठन बिस्तार र सुदृढीकरणलाइ धनिभुत बनाउदै लगेको रोल्पाले युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न गरेको छ ।

विभिन्न प्रतिकुलतका बिचमा पनि युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । उक्त संगठन दोस्रो भेलाल नेकपाका जिल्ला सचिव दिनेश चन्द मानवको प्रमुख आतिथ्यता सम्पन्न भएको जनाएको छ । भने बिशेष अतिथि जिल्ला जनसरकार प्रमुख बिश्वको रहेको थियो । युवा संगठन नेपाल गंगादेब गाउ कमिटी सदस्य ललित के सी को अध्यक्षतामा भएको कार्यक्रम लाई युवा संगठन नेपाल गंगादेब गाउ कमिति वडा नं ३ का पुर्व अध्यक्ष खिम के सी ले संचालन गरेका थिए ।

उक्त भेलाका अन्य ,अतिथि हरु युवा संगठन नेपाल रोल्पा का जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्ज्वल,नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमितिका इन्चार्ज किरण , नेकपा गंगादेब गाउकमिती सेक्रेटरी एवम् युवा संगठन नेपाल रोल्पाका उपाध्यक्ष बिपिन, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य रमेश मल्ल,पुर्व जनमुक्ति सेनाका कमान्डर ताइगर, नेकपा रोल्पाका सल्लाहकार मंगल ,नेकपा रोल्पा जिल्ला सदस्य तिम,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेम,अखिल नेपाल शिक्षक संगठनका रोल्पा जिल्ला उपाध्यक्ष गोपाल ,युबा संगठन नेपाल रोल्पाका सचीव असल ,युवा संगठन नेपाल रोल्पाका कोषाध्यक्ष जय,लगाएत थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार