logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

अब जनताले नेतामाथी ढुङ्गामुढा गरेर सम्पत्ति कब्जा गर्नेछन : लेखनाथ न्यौपाने


  • अखिल बिश्वकर्मा
  • शनिबार, भाद्र २७ २०७७

चर्चित पुर्व बिद्यार्थी नेता तथा हाल सत्तारुढ दल नेकपाका युवा नेता लेखनाथ न्यौपानेले पार्टी र सत्ताको यस्तै तरिका भए जनताले नेताहरुमाथी ढुङ्गामुढा गर्ने बताएकाछन ।

पछिल्लो समय पार्टी भित्रको गलत प्रवृत्तिको बारेमा खुलेर आलोचना गर्दै आएका नेता न्यौपानेले आफ्नै पार्टी सत्तारुढ नेकपाको वर्गीय  दृस्ठिकोण  निकै कम्जोर र भुत्ते भएको छ तथ्यमा रहेर तर्क गरेकाछन  । उनले नेकपाका जिम्मेवार तहकै नेताहरु परिवार र सम्पत्तिसगको सम्बन्धमा निकै फसेको धारणा सार्वजनिक गरेकाहुन ।

न्यौपाने पार्टी र राजनीतिमा गलत प्रवृत्ति हाबी भएको भन्दै  नेताले कति कमाउन पाउने हो भन्ने कुराको कुनै टुंगो  र नैतिकता नहुदा जनताको बिचमा बिस्तारै ना’ङ्गो हुदै गएको बताएकाछन । उनले पार्टीका नेता र सरकारका मन्त्रीको जिवन शैली र दैनिकी जनताको जस्तै हुनु पर्नेमा जनता भन्दा धेरै पर पुगिसकेको स्वीकार गरेकाछन ।

न्यौपानेले अहिलेको राजनीतिक ब्यवस्था सबभन्दा छिटो र सबभन्दा धनी हुने परिपाटी भएको भन्दै  अब जनताले छानबिन गरी कब्जा  गर्ने दिन पर नभएको बास्तविकता प्रस्ट्याएकाछन  । अहिले सरकारमा बस्तुवादी चिन्तन नै नभएको भन्दै यदी नेकपा सुध्रीएन भने नेताहरु माथी ढुङ्गामुडा हुने र  परिवारले मुख देखाएर हिड्न नसक्ने अवस्था आउने बताएकाछन ।

लेखक तथा खरो वक्ताको रुपमा परिचीत नेता न्यौपानेले यदी यस्तै तरिकाले जानेहो भने जनताले  धावा बोलेर नेताका सम्पत्ति कब्जा गर्ने तर्क गरेकाछन ।  उनले भने भोका सधै भोको बस्दैन बि’द्रोह गर्छ । रोग भन्दा भोक पहिलो समस्या हो । त्यसैले जनता प्रती जवाफदेही नहुनेहो भने हालत ख’राव हुनसक्ने संकेत र संदेश समेत दिएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार