राजनीति
काठमाडौमा ठुलो भुकम्पको धक्का । अहिले बिहान ५ बजे १९ मिनेट जाँदा भूकम्प गएको छ । एकाबिहानै ठुलो धक्का महसुस गरेपछी मानिसहरु घरबाहिर निस्किएका थिए । काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।
भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ६ रहेको उल्लेख गरेको छ । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।
यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ७ वर्ष बितिसक्दा पनि भुकम्पको पराकम्पन जाने क्रम रोकिएको छैन ।