logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

कसले हाल्यो, ओली – प्रचण्डलाइ १ वर्ष कैद र १० हजार जरिवानाको मुद्दा


  • राजनीति
  • मंगलबार, असोज ६ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अवहेलनाको मुद्दा तामेलीमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष रहेका ओली र प्रचण्डविरुद्ध झण्डै ३ वर्षअघि परेको मुद्दा तामेलीमा राख्न आदेश दिएको हो ।

‘सम्वन्धित व्यक्तिले समय गुजारेकाले उक्त मुद्दालाई तामेलीमा राख्न आदेश भएको हो’, सर्वोच्च स्रोतको भनाई छ ।

गत २०७४ साल मंसिर १० गते हुने तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छु्टटाछुटटै हुनुपर्ने र मतपत्र समेत फरकफरक हुनुपर्ने मागसहितको रिटमा अदालतको आदेशविरुद्ध अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यक्ति दिएको भन्दै मुद्दा परेको थियो ।

२०७४ कार्तिक १३ गते तत्कालीन राजपाका नेता समेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मुद्दा दर्ता गरेका थिए ।

उनले ओली र प्रचण्ड दुवैलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेका थिए । अदालतको पछिल्लो आदेशपछि यो मुद्दा अव अघि नबढ्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार