logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अविस्वास प्रस्ताव पार्टीमै छलफल हुन्छ : मुख्यमन्त्री शाही


  • राजनीति
  • आइतबार, असोज २५ २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएकाेे अभियानबारे मुख्यमन्त्री शाहीले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
उनले पार्टी एकताकाे मर्म अनुसार आफू मुख्यमन्त्री भएकाे र याे समस्या पार्टीको भएकाेेेेले पार्टीमा छलफलबाट हल हुने दावी गरेका छन् ।

शाहीले हस्ताक्षर अभियान सरकारविरुद्ध नभइ, संसदीय दलको नेताविरुद्ध भएको बताएका छन ।

प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन् । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ ।

सरकारविरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुन्थ्यो । अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुन्छ ।

दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक छैन । केही दिनमै बैठक बसेर यो समाधान खोज्छौं ।

४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएको उनले बताए ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेको सूचीमा पूर्वमाओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उपसभामुख पुष्पा घर्ती र सांसद धर्मराज रेग्मीले पनि हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार