logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री ओलीद्धारा मन्त्री पुनको राजीनामा माग


  • राजनीति
  • आइतबार, कार्तिक ३० २०७७

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसंग राजीनामा मागेको बताएका छन् । ‘प्रधानमन्त्रीले मेरो राजीनामा माग्नुभो’ मन्त्री पुनले निकटस्थ नेताहरुसँग भनेको उनलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

करिब ८ लाख कार्यकर्ता र दुई तिहाइ मतदातालाई सम्हाल्नुपर्ने दायित्व भएका शीर्ष नेताहरू लिखित रूपमै आपसमा पोल खोलाखोल गर्न थालेपछि नेकपाकै कतिपय नेताहरू अब पार्टी एकता अघि बढ्न नसक्ने निचोडमा पुगेका छन् ।

केन्द्रीय सदस्य विशाल भट्टराई शीर्ष नेताहरूको ध्याउन्न सत्ताकै वरिपरि भएकाले पार्टी गम्भीर संकटमा परेको टिप्पणी गर्छन् ।

‘पार्टी र सरकारको सत्ता कसले लिने भन्ने विवाद चुलिएर अहिले एकता नै संकटमा पर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको सफलतालाई आफ्नो असफलता देख्ने पार्टीका सिनियर कमरेडहरूकै कारण समस्या आएको हो ।’

भट्टराईले ओलीले लेखेको पत्रको जवाफी पत्रका रूपमा आएको दाहालको ‘आरोपपत्र’ फिर्ता नभए पार्टी फुट्न कुनै बेर नै नलाग्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार