logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ्ग..चितवनमा पुर्वमन्त्री पाण्डेमाथी ओलीपक्षकाे आक्रमण


  • राजनीति
  • शनिबार, मंसिर ६ २०७७

सत्तारुढ दल नेकपा काे आन्तरिक बिवादले उग्र रुप लिएको छ । चितवनकाे राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै  झडप भएको छ  प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले हाे हल्ला  र नाराबाजी गर्दै मन्चमा बाेलिरहेका पुर्व मन्त्री माथि आक्रमण र दुर्व्यवहर  गरेका थिए ।

कार्यक्रम मा खटिएको प्रहरीलाई हल्ला नियन्त्रण गर्न लाठि चार्जसम्म गर्नु परेको थियाे भने भिडबाट मन्त्री पाण्डेलाई बाहिर ल्याउन निकै कठिन परेकाे थियाे ।

नेकपा राप्ती नगरकमिटीले गरेको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला  नाराबाजी ले स्थिति तनावपुर्ण भएको छ ।

राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले भने, ‘सुरेन्द्र पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भयो। कार्यक्रम सञ्चालन गर्न सकिएन र स्थगित गर्नुपर्ने बाध्यता पर्‍यो।’ उनले नगर कमिटीको तत्काल बैठक बसी घटनाको भत्सर्ना गर्ने निर्णय गरेको बताए।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल निर्वाचन कमिटीका सदस्य केदार आचार्यले प्रधानमन्त्रीका विरुद्ध निरन्तर बोल्न थालेपछि होहल्ला गरेर बोल्न नदिएको बताए। उनले भने, ‘मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै विरोध गर्न थालेपछि ४५ जना युवाहरुले उनलाई बोल्न नदिएको हो। हामीले बोल्न नदिएपछि प्रहरीले सुरक्षा दिएर लग्यो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार