logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहकाे गेटमा विप्लवका पाेष्टर, सुरक्षालाई ठाडाे चुनाैती


  • राजनीति
  • आइतबार, मंसिर ७ २०७७

सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब) कैलालीले सातौं पार्टी पुनरगठन दिवसको अवसरमा प्रहरी बिटमा आफ्नो पोस्टर टासेको छ । सरकारले प्रतिबन्ध लगाएकाे २ बर्ष पुग्दै छ भने यता विप्लव नेकपाका गतिविधि झन तिब्र बन्दै गइरहेका छन ।

केही दिन अघि मात्रै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायका उच्च अधिकारीलाई निर्देशन दिएका थिए ।

नेकपाले आफ्नो पार्टी पुनरगठन भएको ७ वर्ष पुगेको अवसरमा यही कात्र्तिक ८ गते देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गर्दै भब्य रुपमा मनाउने तयारी गरेकाे जनाएकाे छ ।

सुदुरपश्चिममा बिद्रोही नेकपाले पार्टी स्थापना दिवशकाे अवसरमा कैलाली र धनढी नगरकमीटीले कैलालीका विभिन्न स्थान तथा प्रहरी विट खैराना कैलालीमा आफ्नो पार्टीका पोष्टर टासेको जनाएको छ । नेकपाले पार्टी पुनरगठन दिवस भव्यताका साथ मनाउन पार्टी पंक्तिमा समेत आग्रह गरेको छ ।

फाेटा साेध पत्रबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार