राजनीति
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ‘हेग’मा पुग्दा विश्व समुदाय बिच ‘हिराे’ हुने उल्लेख गरेका छन्
अनलाइन खबर संग कुरा गर्दै उनले संघिय गणतन्त्र रहिरहदा क्रान्तिकारीहरु जहाँ पुग्दा समेत हिराे रहने बताएका हुन् ।
उनले भनेका छन ‘हामिले नै लडेर संघिय लाेकतान्त्रिक गणतन्त्र आयाे तर हामिले लडेर ल्याएकाे गणतन्त्र उल्टाउन हामी माथि ठुलाे षड्यन्त्र भएकाे छ’ । आजभाेली बजारमा प्रचण्डलाई ‘हेग’मा लिने प्रचार र हल्लाहरु चलेका रहेछन याे एउटा ठुलाे डिजाइनमा भएको प्रचार हाे ।
उनले ‘अन्तर्राष्ट्रिय अदालत मा लगेर झुन्डाउनुपर्छ भन्ने प्रचार गरिएकाे छ एक दिनलाई मात्रै भएपनि प्रचण्डलाई ‘हेग’ हाल्नुपर्छ भन्ने प्रचार र षड्यन्त्र भएकाे छ । परिवर्तन नचाहाने प्रतिक्रियावादी हरुकाे प्रचार हाे ।
मलाई ‘हेग’ लगे भने केही फरक पर्दैन त्याे मेरालागि गर्व काे बिषय हाे म त बिश्वसामु हिराे हुन्थे मलाई लाग्दैन कि मलाई यिनिहरुले हेग लान्छन र बिश्वभरीकाे हिराे बनाउछन्। मलाई लाग्छ संघिय गणतन्त्र रहन्जेलसम्म हामीलाई जहाँ हामी हिराे नै हाे ।
पछिल्लो समय सत्तारूढ नेकपा भित्र विवाद बिभाजनकाे तहमा पुगेकाे छ । पार्टी सचिवालय बैठकमा २० पेज लामाे राजनीतिक प्रतिबेदन पेश गरेका प्रचण्डले अर्को अध्यक्ष ओली पक्षले त्यसलाई आराेप पत्रकाे संज्ञा लिदै ४० पृष्ठ लामाे प्रतिवेदन ल्याउने तयारी गरेकाे र साे प्रतिवेदनमा अध्यक्ष प्रचण्डलाई हेग पुगाउनुपर्ने बिषय उल्लेख गरेकाे चर्चाहरु व्यापक रहेका छन् ।