राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोलेका छन् । आइतबार बनाइएको उनको टिकटक अकाउन्ट ‘भेरिफाइड’ समेत गरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खाेलिएकाे बताए ।
केपी शर्मा ओली अफिसियल नामकाे टिकटक अकाउन्टमा अहिले एउटा मात्र भिडियाे अपलाेड गरिएकाे छ । भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ ।’
भारतमा जस्तै नेपालमा पनि टिकटकमाथि प्रतिबन्धकाे हल्ला चलिरहेका बेला प्रधानमन्त्रीले नै अकाउन्ट खाेलेर भिडियाे सेयर गर्न थालेका हुन् ।