राजनीति
केपी शर्मा ओलीलाई ‘बा’ भन्ने कार्यकर्ता धेरै छन् । उहाँलाई ‘बा’ भनिएकोमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कडा आपत्ति जनाएका छन ।
नेकपा सचिवालयको आजको बैठकमा बोल्दै नेता नेपालले ओलीलाई बा किन भन्छन् भन्दै प्रश्न गरे । सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार माधवले बैठकमा – ‘तपाईंलाई बा भनेको मनपर्छ । कम्युनिष्ट पार्टीमा ‘बा’ हुन्छ ? आफूलाई जजसले बा भन्छन् उनीहरुलाई च्याप्नुहुन्छ । यो ठिक तरिका भएन ।’
आफूलाई कार्यकर्ता कसैले बा नभन्ने सुनाउँदै उहाँले ओलीतिर हेर्दै भन्नुभयो– ‘खोई, मलाई कसैले बा भन्दैनन्, तपाईंलाई चाहिँ किन बा भन्छन् ?’ ‘बा भन्ने कार्यकर्ताले तपाईंलाई पनि बिगारेका छन्, पार्टी पनि बिगारेका छन्’– माधवको भनाई थियो । नेतालाई यसरी बा भन्नु कम्युनिष्ट पार्टीमा नसुहाउने माधवको भनाई थियो ।
माधवले ब्यङग्य गर्दै ओलीलाई भने– ‘हामीलाई कसैले बा भन्दैन, तपाईंलाई मात्र बा भन्छन् । बा भनेपछि दंग पर्नुहुन्छ । यो खुसी हुनुपर्ने सम्बोधन होइन