logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिरोध कार्वाहीमा श्रेष्ठ मारिएको नेकपाको भनाइ


  • राजनीति
  • मंगलबार, मंसिर २३ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीले मोरङका शिक्षकको राजेन्द्र श्रेष्ठको प्रतिरोधका क्रममा मृत्यु भएको न्व्त्र गाली हानी हत्या भएको छ । नेकपा मेची कोशी ब्युरो इन्चार्ज प्रताप द्धारा एक बिज्ञप्ती जारी गर्दै हतियार लिएर आक्रमण गर्न गएका श्रेष्ठको प्रतिकारका क्रममा ज्यान गरेको बताएको छ ।

मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी भएको स्रोतले जनाएको छ । उनको निधन बारे केही घन्टा अन्यौल भएता पनि भर्खरै मात्र नेकपाले बिज्ञप्ती निकालेर घटनाको जिम्मेवारी लिएको छ।

ब्युरो इन्चार्ज प्रतापले बिज्ञप्तिमा भनेका छन्, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।’

नेकपाका अनुसार श्रेष्ठले जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गो’ली खान्छौ भनेर जनतालाई आत’ङ्कित पारेका २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो बिरोधि गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेकाे बिज्ञप्तिमा उल्लेख गरेको छ ।

ब्यूरो इन्चार्ज प्रतापको वक्तव्यमा सबिस्तार भनिएको छ, ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आ’क्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको ज्यान गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ वक्तव्यको पूर्णपाठ…

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार