राजनीति
निकै विवादको भुमरीमा फसेको सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य डा.विजय पौडेलले नेकपामा देखिएको विवादका थुपै स्रोत रहेको बताएका छन्।
उनले ती मध्य एउटा उल्लेख गर्न लायक जरो वा स्रोत प्रधानमन्त्रीका सल्लाहकार रहेको बताएका छन्।
डा. पौडेलले जब सल्लाहकारहरू विवाद मिलाउन हैन विवाद चर्काएर प्रधानमन्त्रीका प्रिय बन्न खोज्छन तब समस्या झन चर्किएको आफूले अनुभव गरेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यू झगडाको खेती गराउने मानिसहरु सल्लाहकार हैनन्, ती त सकुनी हुन्। सकुनी जसले योजनाबद्धरुपमा पाण्डव र कौरवको बीचमा झगडा गराए।