logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

केपी र विद्याको जोडी रहेसम्म मुलुकलाइ खतरा हुन्छ : डा. बाबुराम भट्टराई


  • राजनीति
  • शुक्रबार, पुष ३ २०७७

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घट्नाक्रमले पुष्टि गरिसकेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई ईतिहासले क्षमा नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका हुन् । उनले भनेका छन्,‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके।अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है!”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार